0 COMMENTS

isकाठमाडौं, २२ कात्तिक । सरकारले औषधि तथा औषधिजन्य उपकरण अभाव हुन नदिन ती सामान हवाई मार्गबाट ढुवानी गर्ने भएको छ।बजारमा केही अत्यावश्यकीय औषधि अभाव हुन लागेको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारसँग ठूला अस्पतालले आग्रह गरेपछि सरकारले हवाई मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले यसका लागि आपूर्तिकर्ता निकाय तथा सरकारका विभिन्न निकायका प्रनिनिधि सम्मिलित कार्यदल नै बनाएको छ । ‘कार्यदलले शुक्रबार नै बृहत बैठक बोलाएर अत्यावश्यकीय औषधि र उपकरण अभाव हुन नदिन सबै खालका उपाय खोज्ने निर्णय गरेको छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए ।

एक साताअघि ९ ठूला सरकारी अस्पतालका निर्देशकले आपूर्तिमन्त्री र स्वास्थ्य सचिवलाई भेटेर सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले लामो समय धान्न सक्ने अवस्था नरहेको भन्दै गम्भीर बन्न ध्यानाकर्षण गराका थिए । आफूहरूले आपूर्ति र पर्याप्त स्टक राख्नुपर्ने भन्दै ६० भन्दा बढी प्रकारका औषधिको सूचीसमेत सरकारलाई बुझाएको वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा बसेको बैठकमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, केमिकल तथा मेडिकल सप्लायर्स एसोसिएसन नेपाल, नेपाल औषधि बिक्री प्रबन्धक संगठन, नेपाल निजी स्वास्थ्य संस्था संघसहित गृह, उद्योग, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति, रक्षा मन्त्रालयका समेत उच्च अधिकारी सहभागी थिए । नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।