बुटवल, २१ कात्तिक । सत्तारुढ दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले नेपाललाई जबर्जस्ती हेप्न खोजे अन्तिमसम्म लड्ने तर नझुक्ने उद्घोष गरेका छन् ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले नेपाल भारत सम्बन्ध सहमति र समझदारीबाट मात्रै अघि बढ्ने बताउँदै आत्मनिर्णय र स्वाभिमानको लागि अन्तिमसम्म लड्ने चेतावनी दिएका हुन् । ‘हामी अझैपनि नेपालभारतबीचको समस्या सहमतिबाटै टुंग्याउन चाहान्छौं ।’ उनले भने, ‘तर भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार छौं र रहनुपर्छ।’
लोकतान्त्रिक बिधिबाट संविधान जारी गर्दा छिमेकीलाई चिन्ता हुनु नाजायज रहेको बताएका दाहालले पहिचानका सवालमा मधेसी जनतालाई अझ बढी अधिकार दिएको जिकिर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्