0 COMMENTS

काठमाडौं २० कात्तिक/नेपाल आयल निगमले प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको नयाँ पत्रिकामा खबर छ ।

निगमले २० करोड रुपैयाँ पेस्की दिएर इन्धन ल्याउन स्वीकृत दिएको विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोर्दै इन्धन खरिद गर्न लागेको छ ।

आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर ‘भन्सासहित’ मा खरिद गर्न लागेको छ ।

यो इन्धन हालकै बजार मुल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ ।

जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।