0 COMMENTS

KP-Oliकाठमाडौं, २० कात्तिक / एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा दिएको अभिव्यक्तिको कडा जवाफ दिएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसित शुक्रबार सिंहदरमारमा भएकाे  भेटको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो भनाइको खण्डन गरेका हुन ।

‘अस्तिका दिन हाम्रो एकजना छिमेकीको भाषण सुनियो, यहाँ हामीले भनेको कुरा मानेनौं भने देखाइदिन्छौं भनेर धम्क्याउने, अनि त्यहाँ गएर पोहोर परारको कुरा गरेर पहिले हिंसा मच्चाउनेलाई कारवाही भएन भन्ने ?’ ओलीले प्रश्न गरे, ‘शान्ति प्रक्रियाको जानकारी भएन उहाँहरुलाई ?’
उनले राष्ट्रसंघ समेतको संलग्नतामा नेपालमा सम्पन्न भएको शान्ति प्रक्रियाको विषयमा जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।