0 COMMENTS

krishna-bahadur-mahara-400x367काठमाडौं, २० कात्तिक । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टी त्यागेर हिँडेका डा.बाबुराम भट्टराईको नयाँ शक्तिको अभियान विलाएर जाने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार उपत्यका स्तरीय कार्यकर्तालाई प्रशिक्षण दिँदै महराले भट्टराईको अभियानले दक्षिणपन्थी विसर्जनवादलाई मलजल गर्नेसमेत बनाए ।
‘बाबुरामजीको अभियानले दक्षिणपन्थी विसर्जनवादलाई मलजल गर्छ । यो उहाँहरुको तयारी कम्युनिष्ट पार्टी निर्माणको लागि हुँदै होइन,’ महराले भने, ‘बाबुरामजीले नवउदारवादी नीति अँगाल्न खोजेका छन्, त्यसलाई स्वीकार गर्न सकिन्नँ ।’ राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।