0 COMMENTS

काठमाडौं, कात्तिक १९ । के पी  ओली सरकारले सरकार विस्तारमा अहीले सम्मकाे नयाँ रेकर्ड राखेको छ । १४ वटा दलको समर्थनमा लीएर प्रधानमन्त्री भएका केपी ओलीले सत्ता साझेदार दलहरुभित्रबाट छ जना उप–प्रधानमन्त्री हरूकाे लर्काे लाएका छन ।

ओली सरकारमा सामावेश गरिएका छ जना उप–प्रधानमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापा उप–प्रधान तथा परराष्ट्र, मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदार उप–प्रधान तथा भौतिक योजना तथा निर्माण, टोप बहादुर रायमाझी उप–प्रधान तथा उर्जा, भीम रावल उप–प्रधान तथा शहरी विकास, चित्र बहादुर के.सी. उप–प्रधान तथा गरिवी निवारण, सीपी मैनाली उप–प्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री रहेका छन् । धेरैजना उपप्रधानमन्त्री हुँदा प्रोटोकल कसलाई दिने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।