0 COMMENTS

काठमाडौं, १९ कात्तिक । सत्तारूढ दल नेकपा एमालेले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरुको टुङ्गो लगाएको छ ।
मन्त्री छान्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट उपाध्यक्ष भीम रावललाई उपप्रधानमन्त्री र उपमहासचि विष्णु पौडेललाई अर्थमन्त्री बनाउने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री ओली निकट पौडेल अर्थमन्त्री र पूर्वप्रधानमन्त्री माधव नेपाल निकट रावल उप-प्रधानमन्त्री बन्ने र रावलले रक्षा र सञ्चारमध्ये एक मन्त्रालय दिने निर्णय समेत भएको एमोलका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेर आजै मन्त्रीमण्डल विस्तार गर्ने विषयमा पनि सहमति भइसकेको ती नेताले बताए । सरकार गठन भएको महिना दिन वित्न लाग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली र एमालेको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।