0 COMMENTS

 कात्तिक १९, काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले डेढ-दुई सातामा नेपालमा चाहिएजति इन्धन आपूर्ति गरिने दावी गरेका छन् ।

भारतसंगको परनिर्भरता अन्त्य गर्दै चीनबाट इन्धन आयात गर्ने प्रक्रिया पनि थालनी भएको भन्दै पुनले भारतसँग इन्धन ल्याउने निरन्तरता कायम राख्दै असहज अवस्थामा रहेका भारतीय नाकालाई व्यवस्थित गर्ने प्रयासमा समेत भएको बताए छ । पुनले चीनसँग इन्धन आपुर्तीको कामलाई सरकारले टुंगोमा पुर्याउने लक्ष लिएको जिकिर गरे ।

भारतबाट इन्धन ल्याउने एकाधिकार सम्झौता तोडेर चीनसँग इन्धन खरिद गर्न सम्झौता भएकै कारण चीनबाट अनुदानको तेल आउन थालेको उनले बताए । ‘अब एक साताभित्रै चीनले दिने भनिएको १३ लाख लिटर अनुदानको इन्धन काठमाडौं आइपुग्छ । त्यसैगरी व्यापारिक तहबाट औपचारिक खरिद बिक्रीका लागि पनि प्रक्रिया अघि बढिसकेको छ ।’ मन्त्री पुनले भने । मन्त्री पुनले आपुर्ती मन्त्रालय आउने बित्तिकै काम नै कामको चाप परेको भन्दै अरु कामलाई थाति राखेर नेपालमा भारतसँगको इन्धन सम्झौता कायम राखी चिनबाट पनि इन्धन ल्याउने र अन्य तेश्रो मुलुकबाट समेत इन्धन ल्याउने तयारीमा सरकार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।