0 COMMENTS

Sakti-Basnetकाठमाडौं, १८ कार्तिक / गृहमन्त्री शक्तिबहादुर बस्नेतको गलत निर्देशनले विराटनगर घटना भएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा गृहमन्त्रीले गलत निर्देशन दिँदा विराटनगरमा समस्या उत्पन्न भएको प्रधानमन्त्री ओलीले बताए ।
‘गृहमन्त्रीको गलत कदमले मधेसी मोर्चासँगको वार्ता र भारतसँगको सम्बन्धमा पनि केही समस्या आएको छ’ ओलीले स्थायी कमिटीमा भने ‘भन्सार नाका खुलाउनु आवश्यक थियो तर त्यो भन्दा पहिले भारतसँग चालिएको कुटनैतिक प्रयासको नतिजा आउन दिनु पथ्यो ।’
मन्त्री छान्न बसेको एमाले स्थायी कमिटी बैठकमा समसामयीक बिषयमा पनि छलफल भएको थियो । भारतसँग कुटनीतिक प्रयास थालेर नाका खुलाउन र मधेसी मोर्चासँगको वार्तालाई निस्कर्षमा पुरयाउन ओलीलाई स्थायी कमिटीमा नेताहरुले सुझाव दिएका थिए ।
मन्त्रीको नाम टुंगो लगाउन स्थायी कमिटी बसेपनि धेरै आकांक्षी भएका कारण मंगलबार पनि टंगो लाग्न सकेन । मन्त्रीको नाममा तीन शिर्ष नेता एकमत हुन नसकेपछि मन्त्रीको नाम टंगो लाग्न नसकेको हो । स्थायी कमिटीले विहीबार बस्ने बैठकबाट केही राजनीतिक नियुक्ती गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको छ ।सामाग्री यस काठमाण्डाै 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।