0 COMMENTS

कात्तिक १८, काठमाडौं / आयल निगमद्वारा चीनलाई कात्तिक २९ भित्र पेट्रोलियम पदार्थ कारोबार सम्झौताका लागि नेपाल आउन आग्रह गर्दै चिट्ठी पठाएको छ ।

नेपाल आयल निगमले मंगलबार चाइना नेसनल पेट्रोलियम कर्पोरेसनलाई व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौताका लागि कात्तिक २९ भित्र काठमाडौं आउन लिखित रुपमा आग्रह गर्दै पत्र लेखेको हो । निगमले उक्त वाणिज्य मन्त्रालयलाई बुझाइसकेको छ । उक्त चिट्ठी आजै वाणिज्यबाट परराष्ट्र हुँदै चिनियाँ दूतावासमार्फत पेट्रो–चाइना कम्पनीसम्म पुर्याईनेछ ।

‘जतिसक्दो छिटो चीनसँग व्यापारिक सम्झौता गरेर पेट्रोलियम खरिद गर्न नेपालले चाहना गरेको छ ।’ अधिकारीहरुले भनेका छन् । चीनले बीटुबी सम्झौताका लागि नेपाललाई इन्धन आपुर्ती सम्झौताका लागि बोलाउनु अघि नै नेपालले सम्झौताको हात फैलाएको छ । अब सम्झौताका लागि चिनले कि नेपाललाई उतै बोलाउने छ वा आफै नेपाल आउनेछ ।

आयल निगम र पेट्रो–चाइनाबीच तेल आपूर्तिबारे अघिल्लो साता नै समझदारीमा हस्ताक्षर भएको थियो । टोली नेपाल फर्किएपछि निगमले चिनियाँ पक्षलाई पत्र पठाउन आलटाल गरेपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरोकारवाला समूहबीच बालुवाटारमा यसबारे छलफल भएको थियो । छलफलपछी निगमले तेलको मूल्य प्रस्ताव माग गर्दै पेट्रो–चाइना कम्पनीलाई आधिकारिक पत्र लेखेको हो। निगमस्रोतअनुसार मूल्यबारे स्पष्ट भएर नेपालमा छलफलका लागि आउन चिनियाँ पक्षलाई आमन्त्रण गरिएको छ । चिनियाँ टोली व्यापारिक सम्झौताका लागि नोभेम्बरभित्रै काठमाडौं आइपुग्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।