काठमाडौं, १८ कात्तिक / मन्त्रिपरिषद्को आज बसेको बैठकले मधेस अन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाइ १० लाख क्षति पूर्ति दिने निर्णय गरेको छ । मधेसी मोर्चाको माग बमोजिम मन्त्रिपरिषद्ले यस्ताे निर्णय गरेको हो ।
त्यस्तै राष्ट्र बैंकका पूर्वगभर्नर रहेका युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । उनी माधव नेपाल नेतृत्वको सरकारमा समेत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्