0 COMMENTS

काठमाडौँ : नेपाल आयल निगमले बिहीबारदेखि तीन दिन निजी सवारी साधनलाई पेट्रोल दिने पम्पहरुको सूची सार्वजनिक गरेको छ। निगम व्यवस्थापनको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई पेट्रोल दिने निर्णय गरेको हो।

तिहारलाई लक्षित गर्दै तीन दिन पेट्रोल वितरण गर्न लागिएको हो। उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी पेट्रोल पम्पमार्फत तेल दिइने निगमका निमित निर्देशक मुकुन्दप्रसाद घिमिरेले पहिलोपोस्टलाई बताए।उनका अनुसार उपत्यकाका ५० निजी पम्पमार्फत पेट्रोल वितरण गरिनेछ। चीनबाट झन्डै १३ लाख लिटर पेट्रोल आउन लागेको र निजी सवारी साधनले तेल नपाएर असन्तुष्टि बढेपछि निगमले यो निर्णय गरेको हो।

निगमले सवारी साधनको लट अनुसार पेट्रोल वितरण गरिनेछ। घिमिरेका अनुसार मोटरसाइकलमा १ देखि ३० लटसम्मलाई बिहीबार, ३१ देखि ५० लटसम्मलाई शुक्रबार र ५१ देखि बाँकी सबै लटलाई शनिबार पेट्रोल वितरण गरिनेछ। यो निजी दुई पाग्रे र चार पाङ्ग्रेमा लागू हुनेछ। नम्बर प्लेटमा जुनसुकै अञ्चलको भए पनि लट हेरेर पेट्रोल दिइने निगमले जनाएको छ।876x1200xUntitled-1,282,29.jpg.pagespeed.ic.No52962O3o
900x574xUntitled-2,284,29.jpg.pagespeed.ic.esdsD43oTU
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।