0 COMMENTS

प्रकाश बस्याल,१७ कार्तिक नवलपरासी/नवलपरासी मा आज ग्यास र डिजेल बितरण गरीएको छ। लामो समयदेखी भारतले गरेको नाका बन्धी र मधेसी मोर्चाको आन्दोलनका कारण नवलपरासीमा ग्यासको आपुर्ती हुन नसक्दा उपभोक्ताहरुले हैरानि बेहोर्नु परेको छ।ग्यास अभावकाकारण होटलहरुले समेत आफ्ने मेनुमा कटाैति गरेका थीए भने उपभोक्ताहरु ले पनि ग्यासको बैकल्पिक उपाएमा भाैतारीरहेका थीय।तर आज कावासोती क्षेत्रमा १७० सिलिन्डर ग्यास बितरण भउपछि केहीले राहत महुसुस गरेका छन्।

नवलपुर क्षेत्रका उपभोक्ताहरुलाई जानकी ग्यास बितरण गरीएको ईलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ। ग्यास पाएपछि उपभोक्ताहरुले राहत महसुस गरेका छन्।आज कावासोतीको थकालीचोक मा रहेको शुभास ईन्टरप्राईजेज बाट १५० र भुसाल जनरल स्टोर्स बाट २० वटा सिलिन्डर बितरण भएको हो ।अन्य कम्पनि का ग्यास नआउदा अन्ने ग्यास कम्पनिका उपभोक्ताहरु भने निरास रहेका छन्। ग्यास आएको थाहा पाए संगै लाईन लाग्नेको करीब ३०० जनाको भिड लागेको थीयो तर १५० सिलिन्डरमात्र रहेकाले अरु भने निरास भएर घर फर्केका थीय।भारतिय अघोषित नाका बन्दिका कारण ग्यास मात्र होईन डिजेल र पेट्रोल देखी खाध्यान्न् र लत्ता कपडाको अभाव र तथा महङ्गी बढेको छ । यसैबिच आज नवलपरासीको रजहरबाट डिजल बितरण गरीएको छ।रजहरमा रहेको डब्लु आयल सप्लायर्सबाट २३०० लिटर डिजेल बितरण गरीएको छ।३००० लिटर डिजेल आएकोमा अतिआवश्यकिय लाई माैजात राखेर बितरण भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।