0 COMMENTS

Sujata-Koiralaविराटनगर, १७ कात्तिक । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका तीनै जना शीर्षस्थ नेताले पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभएको छ ।
विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ सोच र गतिका साथ अगाडि बढाउनाका लागि आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।“नेपाली काँग्रेसले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुहुँदैन थियो ” एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “तराईको समस्याको समाधानका साथै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन लागि एमालेसँगको गठबन्धन तोड्नु ठूलो भूल भएको हो ।”
सञ्चारकर्मीको जिज्ञासामा उहाँले भारतले नाकाबन्दी गरेको बताउँदै यसलाई मधेसकेन्द्रित दलले सघाइरहेको प्रस्ट पार्नुभयो । राष्ट्रियतालाई ख्याल गरी भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले भारत र चीनसँग पनि सम्बन्ध राम्रो राख्नु पर्दछ भन्नुभयो ।नेतृ कोइरालाले फरक प्रसंगमा भारतले नेपालमा अघोषित नभइ घोषित नै नाकाबन्दी गरिसकेको बताउनुभयो । ‘भारतले अहिले नेपालमा नाकाबन्दी नै गरेको हो’। उहाँले भन्नुभयो- ‘यसलाई संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमा लगेर भन्दा दुई देश सँगै बसेर छलफल गरी समाधान गरिनुपर्छ ।नेत्री कोइरालाले मधेसमा जनाधार गुमाइसकेका मधेसकेन्द्रित दलका पाँच नेताले मधेसको नाममा फाइदा उठाइरहेको आरोप समेत लगाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।