0 COMMENTS

Nepali-senior-cricket-teamकाठमाडौं, १७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोली आज वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप’ खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

अन्तिम समयमा टोली घोषणा गरेको भन्दै असन्तुष्टि बढेको छ । नेपालले यूएईमा पपुआ न्युगिनीसँग खेल्ने कार्यक्रम छ । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्नुभन्दा कम्तीमा एक साताअघि क्यानले टोलीको घोषणा गर्ने प्रचलन छ । तर यसपटक करिब १४ घन्टा अघि मात्र अन्तिम टोलीको घोषणा गरिएको हो ।

घोषित १६ सदस्यीय टोलीका अन्य सदस्यमा सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, सागर पुन, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुबआलम, शरद भेषावकर, पृथु बाँस्कोटा, इर्साद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब रहेका छन् ।प्रमुख प्रशिक्षकमा पुबुदु दासानायके, सहायक प्रशिक्षकमा दीपेन्द्रप्रताप सिंह, टोली व्यवस्थापकमा वसन्तराज सत्याल, टेक्निकल एलानिस्टमा रमन शिवाकोटी र फिजियोमा श्रील भगत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।