0 COMMENTS

Gas-156x300ललितपुर, १७ कात्तिक । महानगरीय प्रहरी परिसर ललितपुरले डिजेल कालोबजारी गर्नेलाई आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरका कृष्णमणि ढुङ्गाना, तनहुँका रामहरि मिश्र, धादिङका दीपक पौडेल र शिप पाण्डे रहेका छन् ।पक्राउ परेका ढुङ्गाना सानेपास्थित त्रिशक्ति पेट्रोल पम्पका लेखापाल रहेका छन् । यसैगरी मिश्र सोही पम्पमा काम गर्ने रहेको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए ।पम्पका कर्मचारीसँगको मिलेमतोमा बा१२च ३६४८ नंको बलेरो सवारीका चालक पौडेल र सहचालक पाण्डेले रातको समयमा गाडीको पछाडि ३५८ लिटर डिजेल प्लास्टिक क्रेटले ड्रमलाई घेरी भरिसकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीका चालक र सहचालक दुवै धादिङका भएको बताइएको छ ।

डिजेल कालोबजारी गरेका ती चार व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेस गरिएको प्रहरी प्रवक्ता थापाले बताए ।यसैबीच झापाको काँकडभिट्टास्थित त्रिशक्ति ग्यासको कालो बजारी गरेको आशङ्कामा स्थानीयवासी पुण्य उप्रेतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज बिहान पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

स्थानीयवासीलाई छ हजारमा सिलिन्डर बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्तसँग प्रहरीले ९७ थान ग्यास सिलिन्डर बरामद गरी सोधपुछ सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।