0 COMMENTS

Prachanda-14काठमाडौं, १७ कार्तिक । भीआईपी सुरक्षाका लागि गृहमन्त्रालयले उपलब्ध गराउने इन्धनमै कालोबजारी गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा गृहमन्त्रालयले दिएको इन्धन चर्काे मुल्यमा ब्यापारीलाई बिक्रि गरिएको छ ।
भिभीआईपी सवार गाडी र सुरक्षार्थ खट्टिएका प्रहरीको गाडीलाई गृहमन्त्रालयले इन्धन उपलब्ध गराउने गर्दछ । भीभीआईपीको निजी सचिवालयको पत्रका आधारमा गृहमन्त्रालयले इन्धन उपलब्ध गराउँदै आएको छ । निजी सचिवालयको पत्रका आधारमा गृहमन्त्रालयले उपलब्ध गराउएको इन्धनमा कालोबजारी गरिएको छ ।
प्रचण्डका पीए चुडामणि खड्काले भीभीआइपीका नाममा गृहमन्त्रालयले उपलब्ध गराएको इन्धनमा कालोबजारी गरेको स्रोतले बताएको छ । प्रचण्डको निजि सचिवालयबाट आफैले पत्रचार गरी गृहमन्त्रालयले उपलब्ध गराएको इन्धन ब्यापारीलाई चर्काे मुल्यमा बिक्रि गरेका छन् ।
प्रचण्डको नाममा गृहमन्त्रालयले उपलब्ध गराएको इन्धन पीए चुडामणि खड्काले चर्काे मुल्यमा बिक्रि वितरण गरेपछि लाजिम्पाटमा खैलाबैला मच्चिएको छ । सरकारले उपलब्ध गराएको इन्धन चर्काे मुल्यमा बिक्रि वितरण भएपछि प्रचण्डलाई संकट परेको छ । प्रचण्डलाई इन्धन संकट परेको छोरा प्रकाश दाहालले सामाजिक सञ्जालमै उल्लेख गरेका छन् ।
सरकारले उपलब्ध गराएको इन्धन पीए खड्काले विक्रि गरेपछि असन्तुष्टी जनाउँदै छोरा प्रकाशले घुमाउरो पारामा ‘सवै थोक माग्नु तर इन्धन नमाग्नु’ भन्दै समाजिक सञ्जालमा स्ट्याटस पोष्ट गरेका छन् ।
विगत २० दिन यता गृहमन्त्रालयबाट १० पटक इन्धन प्रचण्डका नाममा लिइएको छ । प्रचण्डका नाममा लिइएको आधा भन्दा बढि इन्धन पीए खड्काले बिक्रि गरेको एमाओवादी स्रोतले बताएको छ ।साभार यस काठकाण्डाै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।