काठमाण्डौ, १६ कार्तिक /नेपाल आयल निगमले आगमी १९ गतेदेखि २२ गतेसम्म निजी सवारीलाई पनि तेल वितरण गर्ने निर्णय गरेको छ । निगमको सोमबार बसेको बैठकले काठमाण्डौका निजी तथा सार्वजनिक पम्पबाट निजी सवारीलाई तीन दिनसम्म वितरण गर्ने निर्णय गरेको हो ।
निगमले सवारीको दर्ताको लट अनुसार तीन दिन राजधानीमा पेट्रोल र डिजेल वितरण गरिने निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकलले १९ गते बिहीबार पेट्रोल पाउनेछन् । यस्तै ३० देखि ५० को लटका मोटरसाइकललाई २० गते शुक्रबार तेल दिने र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने छ ।
यस्तै निजी कार तथा जिपले पनि लट अनुसार पेट्रोल पाउने छन् । बिहीबार १ देखि ५ लटका कारले तेल किन्न पाउनेछन् भने शुक्रबार ६ देखि ८ र शनिबार त्यसभन्दा माथिका लटका कारले भने शनिबर पेट्रोल पाउने निगले जनाएको छ । कारलाई १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल दिइनेछ । निजी सवारी साधानलाई ५० भन्दा बढी पम्पले तेल बाँड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्