0 COMMENTS

Sushma-Swaraj-300x200काठमाडौं, १६ कात्तिक । वीरगञ्जमा सोमबार निर्दोष भारतीय नागरिक मारिएको भन्दै भारतले आपत्ति जनाएको छ ।भारतीय विदेश मन्त्रालयनले सोमबार एक विज्ञप्ती जारी गर्दै वीरगञ्ज घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘वीरगञ्जमा आज भएको गोली प्रहारको घटनाप्रति हामी गम्भीर छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुठभेडको अवस्था आउनुका कारणहरुलाई नेपालको सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रुपमा सम्वोधन गर्नुपर्छ ।’

साथै भारतीय विदेश मन्त्रालयले वीरगञ्जमा मारिएका आफ्ना नागरिक निर्दोष रहेको पनि दावी गरेको छ । मधेसमा देखिएको समस्या राजनीतिक प्रकृतिको भएको भन्दै भारतले बल प्रयोग नगर्न सरकारलाई घुमाउरो शैलीमा चेतावनी पनि दिएको छ ।‘त्यहाँको परिस्थितिलाई सावधानीपूर्वक नियालीरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।यसअघि दिउँसो भएको झडपमा प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीमध्येकै एक भारतीय नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।