0 COMMENTS

वीरगञ्ज, १६ कार्तिक । मधेसी मोर्चाको आन्दोलनमा सहभागि भइ नेपालका प्रहरी माथी ढुंङ्गा बर्साउने एक भारतीय नागरिकको बीरगन्ज नाकामा प्रहरीले चलाएकाे रवरकाे गोली लागी मृत्यु भएको छ । नेपाल सरकारविरुद्ध आन्दोलन गरिरहेका मधेसी मोर्चाको आन्दोलनमा भारतीय नागरिक पनि सहभागि भइरहेकाछन। आन्दोलनमा सहभागि भारतीय नागरिकले प्रहरीमाथी ढुंगामुढा गरेलगतै दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरीले रबरकाे गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको पर्सा प्रहरी प्रमुख सानुबाबु श्रेष्ठले बताए ।
प्रहरीको गोलीबाट भारत रक्सौल नयाँ रोडका २४ बर्षीय आशिसकुमार राम रहेका छन् । सोमबार विहान वीरगन्ज भान्सार नाकामा धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले धपाएको थियो । प्रहरीले धपाएलगतै प्रर्दशनमा उत्रेका आन्दोलनकारीले प्रहरी बिट जलाउन खोजेका थिए । प्रहरी बिट जलाउन खोजेपछि झडप भएको थियो ।झडपमा प्रहरीले रबरकाे गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको थियो यस घटनाले मधीसे माेर्चाले नेपालमा गरीरहेकाे अान्दाेलमा  भारतीए हरूकाे प्रयाेग  स्पस्ट देखीएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।