0 COMMENTS

Baburam-Bhattaraiकाठमाडौं १६ कार्तिक । नयाँ पार्टि खाेल्ने अभियानमा लागीरहेका पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आज आफ्नै निवास सानेपामा एमाओवादीमा रहेका आफु पक्षधर केन्द्रीय नेताहरुको गोप्य भेला हुदैछ ।
एक्लै पार्टी परित्याग गरेका बाबुराम भट्टराईले नयाँ पार्टि निर्माणको रोडम्याप तयार गर्न अाफुलाइ सहयाेग गर्नु पर्याे  भन्दै आफू पक्षधर केन्द्रिय सदस्यहरुलाई बोलाएको समाचार स्रोतले बतायो ।
सूरुमा आफु एक्लै नयाँ शक्ति निर्माणमा लागेका भट्टराई एमाओवादीका पूराना नेता कार्यकर्ता भन्दापनि बाहिर रहेका नयाँ मानिसहरुको साथ सहयोग र सहभागीतामा नयाँ पार्टि खाेल्न चाहन्थे तर उनलाई बाहिरकाले तेती धेरै  सहयोग नगरेपश्चात पून भट्टराई एमाओवादीभित्र रहेका आफु पक्षधर नेता कार्यकर्तासामु फर्किएकाे स्रोत बताउँछ ।
भेलामा एमाओवादी नेता देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, कुमार पौडेल लगायतका नेताहरु सहभागी भएक थिए । यसअघि नै मधेसी नेता रामचन्द्र झा, रामरिझन यादव लगायतका नेताहरुले एमाओवादीसँग आफु सम्बद्ध नरहेको बताईसकेका छन् ।
भट्टराईले भेला गर्ने सूईको पाएका एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले भने सोमबार विहानैदेखि भट्टराई पक्षधर नेताहरुसँग छलफल तिव्र गरेका थिए । भेलामा जान रोक्ने तथा एमाओवादीमै रहन आग्रह सहित प्रचण्डले दिनभर समेत छलफल गरिरहेको स्रोत बताउँछ ।
यसअघि आइतबार मात्रै राजनीतिक दलमा सम्बद्ध युवा तथा नागरिक अगुवाहरुसँग भट्टराईले अन्तर्कृया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।