0 COMMENTS

Dhunga-mudhaकात्तिक १६, वीरगन्ज । वीरगन्जमा आज विहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको वीरगञ्ज नाकाको बिरोध स्वरूप विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ८ सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनालाई रवरको गोली लागेको छ ।
भुलनको पिठ्यू र खुट्टा, शिवजीको टाउको, रामजीको खुट्टा र राहुलको हातमा रवरको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ।

त्यस्तै प्रहरीको लाठीबाठ वीगरन्जका रवि यादव, राकेश गुप्तालगायत प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्नकारीले चलाएको ढुंगा लागेर सशस्त्र र नेपाल प्रहरीतर्फ ८ जना सुरक्षाकर्मी घाइते भएका छन्।

गाउँगाउँबाट आएका प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन् । आन्दोलनकारीले वीरगंज नाका पुनः नियन्त्रणमा लिएका छन् ।बन्द भएको ४० दिनपछि प्रहरीले नाका आज बिहान खोलेपनि आन्दोलनरत तराई मधेस केन्द्रीत दलका कार्यकर्ताले नाका पुनः नियन्त्रणमा लिएका हुन् । अहिले नाकामा आन्दोलनकारीहरुले जुलुस गरिरहेका छन् भने टायर बालेर प्रर्दशन पनि जारी राखेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।