0 COMMENTS

 Nanda-Bahadur-Punकाठमाडौं, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आईतबार विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनियताको सपथ खुवाएकी छिन ।

सपथ ग्रहणकाे क्रममा सुरुमा नै राष्ट्रपति भण्डारीले ‘म’ भन्दा उपराष्ट्रपति पुनले पनि ‘म’ नै भनेका थिए । त्यसपछि राष्ट्रपतिले आफ्नो नाम भन्न आग्रह गरेपछि उपराष्ट्रपति पुनले ‘म नन्दबहादुर पुन’ भने ।सपथ ग्रहणका क्रममा उपराष्ट्रपति पुनले ईश्वरको नाम लिनु काे साटाे  ‘म ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु कि …. ।’ भन्नु पर्नेमा उपराष्ट्रपति पुनले ‘सहिद, देश र जनताका नाममा सपथ लिन्छु कि …. भनेका थिए ।’ उपराष्ट्रपतिले ईश्वरको नाम नलिएपछि राष्ट्रपति भण्डारीले केही असहज महसुस गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।