काठमाडौं, १५ कार्तिक /मन्त्रीको बिषयलाई लिएर एमालेका शिर्ष तीन नेताबीच चर्काचर्कि भएको छ ।शनिवार साँझ तीन शिर्ष नेताबीच मन्त्री छान्न बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाललाई धम्कि दिएपछि विवाद बडेकाे हो ।
बैठकमा एमालेले छान्ने बाँकी ७ मन्त्रालयमध्ये खनाल र नेपालकाे सिफारिसमा एक÷एक लाइ मात्र मन्त्री बनाउने भने भन्दै प्रधानमन्त्री ओलीले अडान कसेपछि विवाद भएको थियो । स्रोतका अनुसार ओलीले सरकार चलाउन आफु निकटका ब्यक्ति चाहिने समेत बताएका थिए ।सत्ता समिकरणका नाममा जनसम्पर्क र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरु एमाओवादी र राप्रपा नेपाललाई दिएको आरोप लगाउँदै खनाल र नेपालले तीन\तीन मन्त्री आफ्नो सिफारिसमा नियुक्त गर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका थिए । तर ओलीले दुई नेताको प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ ।
आक्रोसित हुँदै ओलीले खनाल र नेपाललाई ‘जे गर्नुहुन्छ गर्नुहोस, अब म अगाडी बढेँ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । उता अर्काे सरकारमा रहेकाे चाैथाे पार्टि राप्रपा नेपालले एमाले र एमाओवादीसँग भएको ‘भद्र सहमति’ कार्यान्वयन नभए आजैदेखि सरकारबाट बाहिरिने निर्णय सार्बजनीक गरेको छ राप्रपा नेपालकाे अनुसार उपप्रधानसहित परराष्ट्र, स्थानीय विकास र अर्काे एक मन्त्रालय दिने गरी भद्र सहमति भएको राप्रपा नेपालले दावी गरेको छ ।