0 COMMENTS

Oil-Tanker-at-Rasuwagadhiधुन्चे (रसुवा), १४ कात्तिक । नेपाललाई चीनले दिने पेट्रोलियम पदार्थ लिन तिव्वतको केरुङ गएका ट्याङ्करले तेल भर्ने कार्य सुरु गरेका छन् ।

आज दिउँसो १ बजे केरुङ गएका ट्याङ्करमा तेल भर्ने क्रम सुरु भइरहेकाले आजै अबेरसम्म भएपनि तीनवटा ट्याङ्कर तेल लिएर नेपाल भित्रने बताउँदै नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले चीनको केरुङबाट १४ किमी माथि हिमपातले सडक अवरुद्ध हुँदा चिनियाँ ट्याङ्कर केरुङ आइपुग्न केही ढिलो भएका कारण नेपाली ट्याङ्करमा तेल भर्न ढिलाइ भएको बताए ।

पेट्रोलियम पदार्थ भर्न नौवटा नेपाली ट्याङ्कर भोलि बिहान केरुङ पुगेर तेल भरी नेपाल फर्कने वातावरण तयार भइसकेको बताइएको छ ।

आज दिउँसो १ बजे रसुवागढीको चिनियाँ गेटबाट चारवटा ट्याङ्कर चिनियाँ सुरक्षाकर्मीले आफ्नो भूभागमा पठाए पनि तीनवटालाई मात्र आजको मौज्दात तेलको लोड पुग्ने भन्दै एउटा ट्याङ्कर नेपालतर्फ फर्काएको थियो ।

केरुङभन्दा माथि हिमपातले रोकिएका चीनका लागि नेपालका राजदूत महेश मास्केसहितको टोली आज रसुवागढी नाकाबाट नेपाल प्रवेश गरिसक्नुभएको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै, दीर्घकालीन रुपले नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्धि गर्न धादिङ्को गल्छीदेखि रसुवागढीसम्मको सडकमार्ग प्रभावकारी तुल्याउन सुधार गर्नुपर्ने बताउँदै नुवाकोट ढिकुरे घर भई काठमाडौँमा चिनियाँ सामग्रीको व्यवसाय गर्ने माधवप्रसाद पाण्डेले उत्तरी नाका रसुवागढीसम्मको दूरी छोटो भएकाले अबका दिनमा सबै व्यवसायी रसुवागढी केन्द्रित रहन आग्रह पनि गरे । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।