0 COMMENTS

police-150x150काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीले सामाजिक सद्भाव विथोल्ने मनसायका साथ सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले शुक्रबार एक सार्वजनिक सुचना जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबैमा अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘हालका दिनमा विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य भएगरेको देखिन आएको हुँदा उल्लिखित कार्यहरु कानुनले दण्डनीय कार्यका रुपमा परिभाषित गरेको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।