0 COMMENTS

janakpurकाठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयले मधेस आन्दोलनका नाममा सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ।

गृहमन्त्री शक्ति बस्नेतले बुधबार मन्त्री, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसँग बैठक गरी सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउन निर्देशन दिएका हुन्।
बैठकमा गृहमन्त्री बस्नेतले गाडी तोडफोड र राजमार्ग अवरुद्ध गर्नेलाई पक्राउ गरी छाड्ने परिपाटीले गर्दा आन्दोलनकारीलाई राज्यले केही गर्न सक्दैन भन्ने भ्रम परेकाले त्यस्तालाई पक्राउ गरेलगत्तै मुद्दा चलाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए।

गृहमन्त्री बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजमार्गको सुरक्षामा कुनै सम्झौता नगर्न गृहमन्त्रीले निर्देशन दिनुभएको छ। हामीले सोहीबमोजिम मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेका छौं ।’

बैठकमा गृहमन्त्री बस्नेतले आन्दोलनकारीको मानवअधिकारको रक्षामा नचुक्न सुरक्षा निकायलाई सुझाव पनि दिएका थिए। गृहसचिव सूर्यप्रसाद सिलवालले राजमार्ग अवरोध गर्नेलाई तत्काल पक्राउ गरी मुद्दा चलाइने बताए।

‘सवारी तोडफोड गर्ने र राजमार्ग अवरोध गर्ने जोकोहीलाई पक्राउ गरी मुद्दा चलाउन मातहतलाई निर्देशन दिइसकेका छौं। त्यो कार्यान्वयनमा आइसकेको छ’, गृहसचिव सिलवालले भने, ‘राजमार्गको सुरक्षामा मन्त्रालय गम्भीर छ। स्कर्टिङ गरी सावारीसाधन आवतजावत गराइएको छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।