0 COMMENTS

Pasang'काठमाडौं, १३ कात्तिक । सत्तारुढ दलबाट पूर्व जनसेना कमाण्डर नन्द किशोर पुन पासाङ नै उपराष्ट्रपतिको उम्मेद्वार बनेका छन् । व्यवस्थापिका संसदमा उनको उम्मेद्वारी दर्ताभएको छ । पासाङको प्रस्तावकमा एमाले वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् । त्यस्तै समर्थकमा राप्रपा नेपालका नेता दिलनाथ गिरि रहेका छन् ।

केही समय अगाडिसम्म पासाङको विषयमा प्रमुख सत्तारुढ दल एमाले सहमत भएको थिएन । उनीहरुले तराई मधेशबाट उपराष्ट्रपति बनाउनु पर्ने भन्दै एमाओवादीको निर्णयमा असहमति जनाएका थिए । विवादकाबीच एमाओवादीले पासाङलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।