0 COMMENTS

प्रकाश बस्याल,नवलपरासी, १२ कात्र्तिक/ नवलपरासीको देवचुली नगरपालिका २ केउरेनी मा आज विहान यात्रुबहाक बस दुर्घटना हुदा १५ जना घाईते भएका छन ।ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार सुर्खेतबाट काठमाण्डौंका लागि छुटेको ना ४ ख ७७,१५ नम्बरको बस देवचुली २ को फारम चोक नजिकैको कल्बटमा ठोकिन गई पल्टदा सो दुर्घटना भएको हो ।
बसमा सवार ४० जनामध्य १५ जना घाईते भएको प्रहरलिे जनाएको छ।घाईतेहरु सबैको अवस्था सामान्य रहेको र अहिले नया मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अहिले ६ जनाको डिसचार्ज भएको प्रहरलिे जनाएको छ।बस का चालक भने फरार रहेकाले उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।