0 COMMENTS

blatter_putin_कात्तिक १२ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटरले सन् २०१८ को विश्वकप आयोजनाको जिम्मेवारी रुसलाई दिने सहमति मतदान हुनुपूर्व नै भएको बताएका छन् । विश्वकप आयोजनाको जिम्मेवारी कसलाई दिने भनेर मतदान हुनुपूर्व नै सन् २०१८ को विश्वकप रुपमा गर्ने सहमति भएको ब्लाटरको भनाई छ । यस्तै सन् २०२२ को विश्वकप अमेरिकामा गर्ने पूर्वसहमति भएपनि अन्तिम समयमा भएको परिवर्तनका कारण कतारले मौका पाएको ब्लाटरले बताए । ब्लाटरका अनुसार पूर्वसहमतिमा सन् २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी अमेरिकाले पाउनुपर्ने थियो । युरोपको चार भोट अन्तिम समयमा कतारको पक्षमा गएपछि सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा कतारले पाएको ब्लाटरको दाबी छ । सन् २०१८ तथा २०२२ को विश्वकप आयोनाको जिम्मेवारी दिनेक्रममा आर्थिक चलखेल भएको भन्दै स्वीजरल्याण्डका अधिकारीहरुले छानबिन गरिरहेका छन् । ब्लाटर अहिले ९० दिनको निलम्बनमा छन् । उनीमाथि आर्थिक चलखेल गरेको आरोप लागेको छ । उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् । फिफाको नयाँ अध्यक्ष चयनका लागि आउँदो वर्षको फेब्रुअरी २६ मा चुनाव हुँदैछ ।सात जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको फिफाले जनाएको छ । 

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।