0 COMMENTS

Rambaran-Yadavकाठमाडौं, १२ कार्तिक । दुई बर्षका लागिगणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिका लागि निर्वाचित डा. रामवरण यादव ७ वर्ष ३ महिनापछि आज विदा हुँदैछन् । आफ्नो कार्यकाल भन्दा झण्डै चार बर्ष बढि सितल निवास बसेका यादवले आजैदेखि राष्ट्रपति कार्यालय छाड्ने भएका छन् ।
नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो सपथ लिएर पदभार ग्रहण गर्ने भएपछि डा. यादवले सितल निवास छाड्न लागेका हुन् । २०६५ साउन ८ मा यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
संविधान जारी गर्ने प्रक्रिया लम्बिदै जादाँ उनको पदावधि पनि लम्बिदै गयो र संविधान जारीसँगै बुधबार भएको निर्वाचनमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको बिदाइ हुने भएको हो ।

बिदाइ कार्यक्रम सकिएलगत्तै उनलाई सेनाले विशेष सम्मानका साथ बागडोलस्थित घरमा पुर्‍याउने कार्यक्रम छ।यादवका केही निजी सामान बुधबारदेखि नै विष्ट थरका व्यक्तिको उक्त घरमा सारिएको छ।

यादव सर्ने नयाँ घरको मर्मतसम्भार बुधबार अपराह्नदेखि नेपाली सेनाको मर्मत सम्भार विभागले गरिरहेको छ। ‘तत्काल घर खोज्नुपर्ने भएकाले कति भाडा तिर्ने भन्नेलगायतका विषयमा सम्झौता भइसकेको छैन,’ राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले भने।

यादव बागडोल सरेपछि नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी शीतल निवासमा सर्नेछिन्। राष्ट्रपतिको सरकारी निवास र कार्यालय दुवै शीतल निवासमै भएकाले भण्डारी बिहीबार अपराह्न ३ बजे शपथ लिएदेखि नै त्यहीं बस्नेछिन्।‘नयाँ राष्ट्रपतिलाई राष्ट्रपति कार्यालयले शपथ कार्यक्रम र पदभार हस्तान्तणको कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।