0 COMMENTS

rasuwaकात्तिक १२, काठमाडौँ । चीनले केरुङमा पेट्रोल लिन नेपाली ट्यांकर पठाउन आग्रह गरेको छ । चीनको आग्रहअनुसार तेल लिन नेपाली १२ वटा ट्यांकर शुक्रबार केरुङतर्फ जाँदै छन् । चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा दिन लागेको छ ।

सो तेल कहिले र कसरी नेपाल ल्याउने भन्नेबारे बुधबार नेपालस्थित चिनियाँ दूतातावासमा छलफल भएको थियो । दूतावासले अनुदानमध्येको सय टन (एक लाख लिटर) पेट्रोल लिन चीनको केरुङमा ट्यांकर पुर्‍याउन आग्रह गरेको छ । सिएनपिसीले ल्हासासम्म पाइपलाइनबाट र त्यहाँबाट सिगात्सेसम्म ट्रेनमा हालेर नेपालका लागि पेट्रोल ल्याइदिनेछ ।

सिगात्सेबाट केरुङसम्म चिनियाँ ट्यांकरले तेल ल्याउनेछन् । केरुङमा चिनियाँ ट्यांकरबाट पम्पिङ गरी नेपाली ट्यांकरमा सोझै तेल खसालिने निगमका प्रवक्ता दीपक बरालले बताए । चीनबाट तेल ओसार्न आयल निगमले १२ हजार लिटर क्षमताका ६० वटा ट्यांकर तयारी अवस्थामा राखेको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए ।

‘केरुङ–रसुवागढी नाका हुँदै चीनबाट पेट्रोल ल्याउन ४० ट्यांकर यसअघि नै तयार गरिसकेका थियौँ । बुधबार २० वटा ट्यांकर थप गरेका छौँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘चीनले भन्नासाथ ती ट्यांकर केरुङ पठाउन सक्छौँ ।’ -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।