0 COMMENTS

nepal-oil-corporation_nepal1कात्तिक ११, काठमाडौं । भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार दिउँसो सम्झौता भएको हो ।

नेपाललाई आवश्यक इन्धन चीनबाट ल्याउने व्यावस्था मिलाउन बेइजिङ गएको नेपाली प्रतिनिधिमण्डलले चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र पेट्रो चाइनाका अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरेपछि सम्झौता भएको हो ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेको सम्झौता पत्रमा ‘चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ आयात गर्ने’ उल्लेख छ ।

चीनस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै सम्झौता भएको जानकारी गराएको छ । तर, चीनबाट कहिलेबाट र कति परिमाणमा तेल ल्याउने भन्ने थप खुलाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितको उच्चस्तरीय टोलीले चीनबाट इन्धन आपूर्ति गर्ने नीतिगत सहमति गरेपछि यो प्रक्रिया अघि बढेको थियो ।

चिनियाँ पक्षसँग भएको सम्वादका आधारमा नेपाल सरकारले सम्झौता गर्ने अधिकार दिएर राजदूतको नेतृत्वमो टोली बेइजिङ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।