0 COMMENTS

01काठमाडौं, ११ कात्तिक / मुलुकको नयाँ राष्ट्रपति चयनको लागि भएको निर्वाचनमा कुल ५४९ मत खसेको छ । व्यवस्थापिका संसदमा भएको ल्होसे हलमा निर्वाचन सम्पन्न भएको छ ।केहीबेरमा मतगणना हुने जनाइएको छ । संसदको कुल सदस्य ५९७ रहेकोमा जम्मा ५४९ मत मात्रै खसेको हो ।
४७ जना मधेसी दलका सभासद्ले निर्वाचन प्रक्रियामा भाग लिएनन् । उनीहरुले राष्ट्रपति निर्वाचनको प्रक्रिया बहिस्कार गरेको बताइएको छ । पौने ५ बजे व्यवस्थापिका संसदले मत परिणाम घोषणा गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसका सितल खड्का र मधु शाह ठकूरी मतदात प्रक्रियामा आएनन् । त्यस्तै एमाओवादीका सुरेन्द्र प्रसाद जयसवाल र भक्ति पाण्डे पनि आएनन् । तर नेकपा एमालेका सबै सांसदले भाग लिएका थिए ।
मधेशमा आन्दोलनरत, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्त ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीले निर्वाचन प्रक्रिया बहिस्कार गरेको थियो । यद्धपी अर्को मधेशवादी दल सद्भावना पार्टीले भने निवार्चनमा भागलिएको छ । मोर्चाको निर्णय विपरित सद्भावनाकी सांसद माधवी रानी शाहले भोट हालेको जनाइएको छ । साहले आफूले कांग्रेस नेता कुलबहादुर गुरुङलाई भोट हालेको दाबी गरेकी छिन् ।
मुलुकको दोस्रो राष्ट्रपतिको लागि एमाले उपाध्यक्ष विद्या भण्डारी, र कांग्रेस नेता कुलबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको छ । सत्तारुढ दलको उम्मेदवार भएका कारण विद्याको संभावना बलियो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।