0 COMMENTS

 काठमाडौं, कात्तिक १० – उपराष्ट्रपति चयनको प्रक्रिया दुई दिन पछि सरेको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको लागि उम्मेदवारी दर्ता मंगलबार र चुनाव बुधबार हुने कार्यतालिका भएपनि संसद सचिवालयले राष्ट्रपति चयन भएपछि मात्र उपराष्ट्रपति चयनको प्रक्रिया सुरु गर्ने जनाएको हो ।

उपराष्ट्रपतिकाे दावेदार हरूमा नेकपा एमाअाे बादि बाट जनमुक्ती सेनाका पुर्व कमान्डर नन्दकिशाेर पुन पासाङ र नेपाली काङ्गेस ले उपराष्ट्रपतिमा भने पार्टी कोषाध्यक्ष चित्रलेखा यादव र केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माको नाममा छलफल भए पनि अमियाकुमार यादवको निर्णय भएको छ  । 

मंगलबार बिहान सभामुख र शीर्ष नेताहरुको बैठकले उपराष्ट्रपति चयनको प्रक्रिया पछि सार्ने निर्णय गरेपछि संसद सचिवालयले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । यस अनुसार राजनीतिक सहमतिको आधारमा उपराष्ट्रपति चयन नभएमा १३ गते उम्मेदवारी दर्ता हुनेछ । एकभन्दा बढीको उम्मेदवारी परेमा १४ गते उपराष्ट्रपतिको लागि चुनाव हुनेछ । सविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले त्यसलाई मिलाउने गरी चुनावी कार्यतालिका हेरफेर गरिएको संसद सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।