0 COMMENTS

Kulbahadur-Gurung-Congress-500x335कात्तिक १०, काठमाडौँ / नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराएका हुन्। गुरुङको प्रस्तावमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले काँग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताए।आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उनको भनाई छ । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहेको गुरुङ काँग्रेसका पुराना नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।