0 COMMENTS

काठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ ।

ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ । चीनबाट आयात गरिने भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

‘चीनले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार दियो र नेपाल सरकारले स्थानीय करमा छुट दियो भने प्रतिसिलिन्डर करिब १३ सय रुपैयाँमा उपलब्ध गराउन सक्छौं,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।