0 COMMENTS

david-beckhamsकाठमाडौं, ८ कात्तिक । चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउने भएका छन् ।
बेलायती पत्रिका सण्डे टाइम्सले जनाएअनुसार उनी सातदिने फुटबल अभियानका लागि नेपाल आउने भएका हुन् । बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने योजनामा छन् । उनको रोजाइमा नेपाल समेत रहेको उक्त पत्रिकामा उल्लेख छ । म्यानचेष्टर युनाइटेडको घरेलु मैदानमा ११ वर्षसम्म व्यवसायीक फुटबल खेलेका बेकह्यामले नेपाल सहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । बेकह्यामको यात्रा कहिले हुने भनेर अन्तिम टुंगो लाग्न भने बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।