0 COMMENTS

madehi-morcha-news कात्तिक ८, काठमाडौँ / सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ ।सिंहदरबारमा आइतबार तीनसम्म चलेको वार्तामा मोर्चाले आफ्ना माग स्पष्ट रुपमा प्रस्तुत गरेको र छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्यले बताएका छन् ।

वार्तालाई परिणाममुखी बनाउन दुबै पक्षले थप तयारीका साथ छलफल गर्ने र यही कात्तिक १२ गते पुनः छलफल गर्ने निष्कर्षका साथ आजको वार्ता टुङ्गिएको वार्ता टोलीका सदस्य अग्नि खरेलले जानकारी दिए ।

आजको वार्तामा पनि दुबै पक्षले आफ्ना पूर्ववत् अडानलाई दोहोर्याएका छन् । खासगरी मधेसी मोर्चाले प्रदेश सीमाङ्कनको विषयमा अडान लिएपछि आजको वार्ता सार्थक बन्न नसके पनि सकारात्मक रुपमा छलफल भएको बुझिएको छ ।

वार्ताको उपयुक्त वातावरण बनाउन दुबै पक्षले कार्यान्वयनका लागि निर्णय तहमा पु¥याउनका लागि आवश्यक समन्वय र तयारी गर्न सरकारी वार्ताटोलीको तर्फबाट कानुनमन्त्री खरेल र मोर्चाको तर्फबाट लालबाबु राउत रहेको वार्ता समन्वय टोली गठन भएको छ ।

सरकारी पक्षले लामो आन्दोलनबाट जनता आजित भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न वा फिर्ता लिनका लागि आग्रह गरेको खरेलले बताए । वार्ता सकारात्मक बनेको र आगामी कात्तिक १२ गते दिउँसो १:०० बजे बस्ने गरी टुङ्गिएको मोर्चाका सदस्य हृदयेश त्रिपाठीले जानकारी दिए ।

वार्तामा सरकारका तर्फबाट परराष्ट्रमन्त्री कमल थापा, कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र बिनाविभागीयमन्त्री रामजनम चौधरी थिए भने मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, लालबहादुर राउत र रामनरेश यादव सहभागी भएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।