0 COMMENTS

Narayan-man-bijukchhe-rohitकाठमाडौं, ८ कात्तिक / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री निर्वाचन बारे अनौठो रहस्य सार्वजनिक गरेका छन् ।

उनले पेस्तोल तेस्र्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीका उम्मेदवार बन्नकाे लागी बाध्य बनाएको खुलासा गरेका हुन् । ‘शितल निवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइएकै कारण अाफु प्र.मकाे उमेदवारी नदिने र भद्र सहमतीबाटनै अगाडि बडने मनस्थीतीमा बनाएका सुशील कोइराला लाई दवाब दिएरनै उमेदवारीमा बाध्य तुल्याइएका रहेछन । भक्तपुरमा नेपालभाषा साहित्य सम्मेलनलाई शनिबार सम्बोधन गर्दै बिजुक्छेले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारी अनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोल समेत तेस्र्याइएको थियो ।
उनले नेपाल र नेपाली जनतालाई भारतले नोकर र मालिकको जस्तो व्यबहार गर्दै आएको आरोप लगाए । भारतले नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मान्न पनि तयार नभएको बताए ।

‘नेपाल र नेपाली नेतालाई भारतले नोकर र मालिकको जस्ते व्यबहार गर्दै आएको छ । उनले भने, ‘भारत नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मात्र पनि मान्न तयार छैन । भारतको थिचोमिचो विरुद्ध युवा पुस्ता जाग्नुपर्छ ।’विजुक्छेले भारतको भरमा मात्रै पेट्रोलियम पदार्थ ल्याउन नहुने भन्दै दिर्घकालिन रुपमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।