काठमाडौँ, ८ कात्तिक । गएराति माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ ।
त्यस क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने क्रममा नियम उल्लङ्घन गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई ट्राफिक प्रहरी कार्यालय बालाजुमा जाने क्रममा राति ११ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भई २८ वर्षीय बाँस्तोलाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ओखलढुङ्गास्थित कुइभिरमा स्थायी बसोबास भएका बाँस्तोला नौ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए । उनको शव परीक्षणपछि आजै अन्त्येष्टि गरिनेछ । रासस
प्रतिक्रिया दिनुहोस्