कात्तिक ७, काठमाडौं/व्यवस्थापिका संसदको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति र समय तय गरेको छ । शनिबार बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तिमगरले निर्वाचनको मिति घोषणा गरेकी हुन् ।
संविधानको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि भोली अपरान्ह ४ बजेसम्मको समय दिएकी छन् ।
यदि दलहरुबीच सहमति हुन सकेन भने संविधानको सोही धाराको उपधारा ३ बमोजिम बहुमतका आधारमा चयन गर्न कात्तिक ११ गते ११ बजे निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्