0 COMMENTS

Gas-156x300ज्ञानेन्द्र खड्का ,२०७२ कार्तिक ७ शनिबार/ इन्धन अायतकाे सम्झाैता गर्न सरकारी टोली आइतबार बेइजिङ जाने
काठमाडौं : भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ ।

भारतीय नाकाबन्दीपछि इन्धन आयातको विकल्प खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार भएको सहमति बमोजिम् चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो ।

भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन आयतका लागि सक्रिय भएका थिए ।

शुक्रबार चिनियाँ राजदूत उ चुन्ताई र प्रम ओलीबीच भएको छलफलमा भएको सहमति अनुसार चीनले यही मंगलबार एक हजार मेट्रिक टन इन्धन अनुदानस्वरुप नेपाल पठाउन लागेको हो ।

चिनियाँ राजदूतसँगकाे छलफलपछि प्रधानमन्त्री अाेलीले सरकारी अधिकारीहरूलार्इ बालुवाटारमा बोलाएर चीनबाट इन्धन अायात गर्न कडा निर्देशन दिएका थिए ।

बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन तथा अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूलार्इ बालुवाटारमा बोलाएर इन्धन अभावले जनताले दु:ख भोगिरहेका बेला सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै चीनबाट चाँडाे भन्दा चाँडो इन्धन भित्र्याउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

चिनियाँ राजदूतसँगकाे छलफलपछि अाेलीले दिएको कडा निर्देशन लगत्तै अनुदानस्वरुप दिने एक हजार मेट्रिक टन इन्धन चीनले रसुवा–केरुङ नाकाबाट मंगलबार नेपाल पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप हजार मेट्रिक टन इन्धन नेपाल पठाउन लागेको हो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘इन्धन आयातको विस्तृत सम्झौताका लागि आइतबारै सरकारको उच्च टोली बेइजिङ जाने कार्यक्रम छ ।’

भारतले संविधान संशोधन गरी आफ्ना सर्त पुरा गरेमात्र नाकाबन्दी खोल्ने जनाउ दिएपछि प्रम ओलीकै निर्देशनमा मंगलबार राति आयल निगमको उच्चस्तरीय टोली चीनको सिगात्से पुगिसकेको छ ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति नेपाल आयल निगमको ६ सदस्यीय टोली चीनको सिगात्से गएको थियो ।

पेट्रोलियम र ग्यास चीनबाट आयात गर्न सिगात्से पुगेको निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई नेतृत्वको टोलीले त्यहाँबाट ग्यास र इन्धन आयतका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।

चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौतका लागि आइतबारै नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जाने भएको छ ।

अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय सरकारी टोली इन्धनको आयातका लागि सम्झौता गर्न आइतबारै बेइजिङ जान लागेको हो ।

गत बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त रसुवागढी–केरुङ नाका गत असोज २८ गतेबाट सञ्चालनमा आएको थियो ।

नेपाल र चीन सरकारको संयुक्त पहलमा खुलाइएको सो नाकाको सडकमा पुनः पहिरो खसेर थुनिएपछि त्यसलाई खुलाउन दुबै पक्षका अधिकारी लागेका छन् ।

चीन र नेपाल दुबैतर्फका कर्मचारी र मजदुरले पहिरो हटाउने कामलाई दू्रतता दिएकाले मंगलबारै केरुङ नाकाबाट इन्धनका ट्यांकर नेपाल छिर्ने बताइएको छ । -अन्नपूर्ण पाेस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।