0 COMMENTS

IMG_0025काठमाण्डाै,६कार्तिक /सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष, तथा निबर्तमान रक्षा मन्त्री विद्या देवी भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी लगभग पक्का भएकाेछ  । जननेता मदन भण्डारीको पत्नी समेत रहेकी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने निश्चित भएको स्राेतले हामीलाइ जानकारी दियाे ।

सत्तारुढ दलहरुको तर्फबाट साझा उम्मेदवार भएकाले उनको विजयी सुनिश्चित रहेको नेताहरुले बताउछन । सत्तारुढ दलहरुसँग राष्ट्रपति निर्वाचित हुन आवश्यक मत (स्पष्ट बहुमत) रहेको छ । स्रोतका अनुसार भण्डारीको नाम एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका थीए ।सरकार गठनमा महत्वपूर्ण भूमिका खेलका प्रचण्डले भण्डारीको नाम अघि सारेपछि एमाले र सत्तारुढ अन्य दलका नेताहरुले समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।