0 COMMENTS

gold-बिहिबार, ६ कार्तिक/ नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यापारमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले व्यापारमा नकारात्मक असर परेको महासंघको भनाई छ ।

महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँ तथा अन्य चाडपर्वमा दैनिक करिब ५० देखि ६० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोमात्र कारोवार भएको महासंघको भनाई छ ।महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भएको भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई बिक्रीमा कमी आएको बताए ।नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेकाले पनि सुन चाँदीको व्यापारमा कमि आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।