0 COMMENTS

44नयाँदिल्ली, ६ कात्तिक । आफ्ना छिमेकी मुलुकहरूलाई दुःख दिएर सइताइ रहेको ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई अमेरिकाले साइजमा राख्न पाकिस्तानलाई लडाकु बिमानहरू दिने समाचारसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासम्बन्धी ‘किचन क्याबिनेट’मा खैलाबैला मच्चिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको अमेरिका भ्रमणमा हुनसक्ने सैन्य सम्झौतालाई लिएर मोदीको सुरक्षा बैठकमा चर्चा हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतको बढ्दो दबदवाबाट सशंकित बनेको सैन्य शक्तिशाली देश अमेरिकाले पाकिस्तानलाई लडाकु बिमान र हतियार दिने तयारी गरेको समाचारमा जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले अमेरिकाले पाकिस्तानलाई फाइटर बिमान बिक्री गर्न लागेको भनेर विरोधमा समाचार धाराप्रवाह रुपमा प्रकाशित गरिरहेका छन् । यस विषयमा पाकिस्तान र अमेरिकाले भने केही जनाएका छैनन् ।

अमेरिकाले भारतलाई आफ्नो बसमा राख्नका लागि भारतको पुरानो दुश्मन पाकिस्तानलाई फाइटर बिमान र हतियार बिक्रीको सम्झौता गर्न सक्ने प्रधानमन्त्री मोदीको सुरक्षा बैठकमा छलफल भइरहेको जनाइएको छ ।

यस्तो अवस्था आएमा भारतलाई पाकिस्तानबाट ठूलो समस्या हुन सक्ने भारतीय सञ्चारमाध्यहरूको भनाइ छ ।

अमेरिका दुनियाँको नम्बर एक सैन्य शक्ति देश हो । अमेरिकाले पाकिस्तानलाई एफ–१६ फाइटर जेट बेच्ने योजना बनाएको छ ।

अमेरिकी अखबारहरूका अनुसार पनि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको बाराक ओबामासँग हुने भेटमा बिमान खरिद बिक्रीका विषयमा सम्झौता हुन सक्नेछ ।

न्यूयार्क टाइम्सले पनि पाकिस्तानलाई एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको अमेरिका यात्राका बेला यस विषयको घोषणा गरिने छैन । तर व्हाइट हाउसले यस कुरालाई पछि घोषणा गर्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।

नवाज शरीफ अमेरिका यात्राका लागि २० अक्टोबरमा अमेरिका पुगिसकेका छन् ।

अमेरिकाबाट फाइटर जेट पाएपछि पाकिस्तानमा तीन देशका फाइटर जेट हुने छन् । पाकिस्तानलाई चीन र फ्रान्सले यसअघि नै फाइटर जेट बिमान दिइसकेका छन् । अमेरिकाले ८ वटासम्म एफ– १६ फाइटर जेट बेच्ने योजना बनाएको छ ।

यसअघि अप्रिलमा अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानसँग अर्बौँको सैन्य सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकाको विदेश मन्त्रालयका अनुसार पाकिस्तान उसको घनिष्ठ सहयोगी हो ।

पाकिस्तानको अखबार डानले पाकिस्तानलाई अमेरिकाले १४ कान्बेट एयरक्राफ्ट, ५९ मिलिट्री ट्रेनर जेट र ३ सय ७४ आर्मड पर्सनल करियर दिने विषयमा सम्झौता भएको जनाएको छ ।

यी हथियार पाकिस्तानलाई दिइएको थियो । यसको प्रयोग अमेरिकी सेनाले अफगानिस्तान र इराकमा पहिला नै गरिसकेको छ । – एजेन्सी

(अमेरिकाले पाकिस्तानलाई दिने भनिएका फाइटर बिमानका तस्बिरहरू)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।