0 COMMENTS

KP-Oliकाठमाडौं, ६ कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलले तत्काल पूर्णता नपाउने भएको छ । प्रधानमन्त्रीमा सघाउने साना दलहरुको सङ्ख्या धेरै भएको तथा मन्त्रीमा आकांक्षी व्यक्तिहरु धेरै भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री मण्डल बिस्तारमा सकस परेको हो ।

एकीकृत माओवादीको प्रस्ताव तथा राप्रपा नेपालको समर्थनमा केपी शर्मा ओली गत २४ गते प्रधानमन्त्री चुनिएका थिए । एकीकृत माओवादीको तर्फबाटका मन्त्रीहरुले आफ्नो जिम्मेवारी सम्हाली सकेका छन् । तर सरकारको नेतृत्वकर्ता नेकपा एमाले स्वयम्ले मन्त्री छान्न सकिरहेको छैन । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट मन्त्री छान्ने कुरा महाभारत भएको छ भने अन्य साना दलहरुबाट मन्त्री बन्नका लागी  लामो नामावली  तयार भएपछि मन्त्री मण्डलले तत्काल पूर्णता पाउने छेकछन्द देखीयकाे छैन

पार्टिभीत्रकै विवाद र अत्याधिक महत्वकांक्षिका बिचबाट मन्त्री छान्न ढिलाई भएको भएपनि एमाले नेता झलनाथ खनाल अरु दलहसंग मन्त्रालय बाडफाँडका बिषयमा छलफल जारी रहेकाले मन्त्री मण्डल बिस्तारमा ढिलाई भएको बताउँछन् । एमालेले आफ्नो तर्फबाट मन्त्री पठाउन अझै केही दिन लाग्ने नेता खनालको भनाई छ ।

यस्तै राप्रपा नेपाल, राप्रपालगायत अरु साना दलहरुको तर्फबाट पनि मन्त्रीको नाम सिफारिस भएको छैन । एमालेको तर्फबाट मन्त्री बन्नेहरुको सूची टुङ्गिएपछि मात्रै साना दलहरुले मन्त्री छान्ने तयारी गरेका छन् ।

 यसरी हेर्दा मन्त्रीमण्डलले पूर्णता पाउन अझै १ साता लाग्ने देखिएको छ । मन्त्रिमण्डल कम्तिमा पाँच उपप्रधानमन्त्रीसहित जम्बो बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।