0 COMMENTS

mia-khalifa-300x336स्तन एक विशेष किसिमको ग्रन्थि हो, जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ । बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छ, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष ढिलो–चाँडो हुन सक्छ । तपाईंले भन्नुभएको १६ वर्षभन्दा केही पछिसम्म पनिजान सक्छ ।

स्तनको विकासका चरणहरू

स्तनको विकासको कुरा गर्दा आकृति (shape), आयतन (size) लाई नै Tanner Stage भनिने पाँचवटा चरणमा बाँडिएको छ ।

पहिलो चरण : यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : द्यगम जस्तो देखा पर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझ बढ्छ र ग्रन्थीय तन्तु (glandular tissue) बन्छ ।

चौथो चरण : Areola र मुन्टो अझ उठ्छ, स्तनको सबै भागमा थप वृद्धि हुन्छ ।

पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुन्छ, स्तनले गोलाकार आकृति लिने, ब्चभयबि स्तनको अन्य भागको सतह समान हुन्छ र मुन्टो मात्र उठेको स्थितिमा हुन्छ ।

पूर्ण विकसित स्तनको आकारमा प्रशस्त भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन ठूलो हुन्छ । व्यक्तिको वजन धेरै भए यसको साइज पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको वृद्धि तीव्र हुनुको मुख्य कारण स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिँदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनले ।

स्तनको आकार र आयतनको महत्व

तपाईंले भन्नुभएजस्तै यसको महत्व छ । महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैका लागि यौन आनन्दको स्रोत हुन्छ । स्तनको आकृति तथा आयतनको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूले स्वास्थ्यभन्दा सुन्दरताका कारण स्तनको चिन्ता बढी गर्छन् भनिन्छ । तपाईं चासोको मूल जरा पनि यही हो ।

अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक बनाइएको हुन्छ, हाम्रो सामाजिक जीवनमा त्यसो गर्न सजिलो पनि छैन, कतिपय अवस्थामा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आम व्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्रको जस्तै हुनुपर्छ भन्ने छैन । सानो स्तन हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता वा शिशुलाई स्तनपान गराउने कुरामा असक्षम हुने होइन । केही पुरुष ठूला स्तनप्रति आकर्षित भए पनि वास्तविक यौन क्रियामा स्तनको आयतनलाई नै सुखमय यौनजीवनको मुख्य मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् ।

स्तन ठूलो बनाउने उपाय :

मुख्यतया: स्तनको आकारको निर्धारण आन्तरिक रस (हार्मोन) हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । तपाईंको तौल के–कस्तो छ नलेखिएकाले यसै भन्न सकिएन । अर्को कुरा, तपाईंकी दिदी हुनुहुन्छ भने उहाँको स्तन कत्रो छ ध्यान पुर्‍याउनुहोला । कतिपय दिदी–बहिनीमा समानता रहेको पाइन्छ ।

तपाईंले भन्नुभएजस्तो प्राकृतिक उपायको कुरा अलि गार्‍है छ । विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलब्ध भए पनि त्यसको प्रभावकारिता वा विश्वसनीयता विवादग्रस्त नै छ ।

कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले कतिपय विकसित मुलुकमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको नकारात्मक असर पर्न थालेको देखिएकाले त्यसका वैकल्पिक उपायहरूका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ ।

तपाईंलाई थाहै छ, स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न सक्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसैगरी स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन २ साइजसम्म ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी आफ्नो वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि उपलब्ध छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगा बाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो–होइन भन्न सकिँदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी बनाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ । साप्ताहिकबाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।