0 COMMENTS

काठमाण्डाै ५कत्तीक/  मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटमा नेपालले फाइनलमा आयरल्याण्डलाई हराएको छ । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट भएको छ ।

आज भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्याण्डले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ८४ रन बनाएको थियो । नेपालका लागि सुनिल धमलाले ४७, राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ रन बनाउदाँ दिपेन्द्रसिंह ऐरीले २६ रन बनाए । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल अण्डर नाइन्टिन विश्वकपका लागि छनोट भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।