0 COMMENTS

12063860_534006500088855_6765700610903736933_n copyकाठमाडौं, ५ कात्तिक । हिन्दू नेपालीहरुको महान चाड बडादसैँको मुख्य दिन आज ‘विजया दशमी’ मान्यजनबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । असत्यमाथि सत्यको विजयको खुसियालीमा विजया दशमी मनाउने परम्परा सुरु भएको जनविश्वास छ ।

समयले भ्याएसम्म अधिकांशले बिहान १० बजेर ५५ मिनेको शुभ साईतमा टीका लगाएका छन् । यद्यपी विजया दशमीको दिन टीका लगाउन दिनभरी नै मिल्ने पञ्चाङ्ग निर्णायक समितले जनाएको छ । आफ्नो अनुकुलता अनुसारको समयमा टीका लगाउन सकिन्छ ।

घटस्थापनाका दिन नवदुर्गाको पूजा आरम्भ गरेसँगै दसैँ घरमा राखिएको जमरा र टीका माता दुर्गाको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । मान्यजनहरुले आफूभन्दा सानालाई टीका, जमरा लगाईदिएर गच्छेअनुसारको दक्षिणासहित आशिर्वाद दिने प्रचलन रहेकाे छ।कामविषेशले टाढा-टाढा रहेकाहरु पनि आज टीका, जमरा र आशिर्वाद ग्रहण गर्न घर पुगेका छन् ।

तिथि घटबढका कारण यसपटक आजै महानवमी पनि परेकाले महानवमीको कार्य सम्पन्न भएपछि मात्र विजयादशमीको कार्य प्रारम्भ भएको हो । देवी विसर्जनको साईत भने बिहान १०ः४५ मा थियो भने आफ्नो अनुकुलता अनुसार दिनभरी नै टीका लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।